समाचारबिहिवार, आषाढ २१, २०७५

नरेन्द्र श्रेष्ठको फोटो भयो उत्कृष्ट

हिमालखबर

फोटो पत्रकार क्लवको आयोजनामा भएको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७५ को उपाधि नरेन्द्र श्रेष्ठले जितेका छन् ।

गत वर्ष सप्तरीको कुलारी गाँउमा बाढीका कारण मृत्यु भएका पाँच वर्षीय बालकलाई अभिभावकले कोशी नदीमा सेलाउँदै गरेको फोटो यो वर्षको उत्कृष्ट फोटो ठहर भएको हो ।

नेपाल फोटो प्रतियोगिता २०७५ को उपाधि विजता नरेन्द्र श्रेष्ठले खिचेको फोटो ।

यसैगरी दिपेन्द्र रोक्काको फोटोले नेपाल स्माइल विधा जितेको छ भने डेली लाइफतर्फ सुनिता डंगोल प्रथम भएकी छन् ।

डेली लाइफ विधामा प्रथम सुनिता डंगोलको तस्वीर ।

अंगद ढकालले न्युज विधाको पुरस्कार पाउँदा नेचर एण्ड वाइल्डलाइफमा श्रीराम खत्री तथा कल्चर एण्ड टुरिजममा किरण श्रेष्ठ उत्कृष्ट ठहर भए ।  स्पोर्टस विधाको उपाधि प्रतीक रायमाझीले जिते भने फोटो स्टोरीमा मनिष पौडेलको फोटो प्रथम भयो ।

कल्चर एण्ड टुरिजम विधामा प्रथम किरण श्रेष्ठको तस्वीर
स्पोर्टस् विधामा प्रथम  प्रतीक रायमाझीले खिचेको तस्वीर ।
नेचर एण्ड वाइल्ड लाइफ विधामा प्रथम  श्रीराम खत्रीले खिचेको तस्वीर

 

भारतका वरिष्ठ फोटोपत्रकार पाब्लो बारथोलोमिओको अध्यक्षता रहेको निर्णायक मण्डलमा बाह्रखरी डटकमका प्रधान सम्पादक प्रतीक प्रधान, फोटोग्राफर तथा पीजे क्लबका संस्थापक अध्यक्ष चन्द्रशेखर कार्की, फोटोग्राफर मणी लामा, काठमाडौं विश्वविद्यालय स्कुल अफ आर्टका कार्यक्रम संयोजक सुजन चित्रकार र एजेन्सी फ्रान्स प्रेस (एएफपी) का फोटोपत्रकार एवम् क्लबका निवर्तमान अध्यक्ष प्रकाश माथेमा सदस्य थिए ।

फोटो अफ द इयर’ विजेताले रु १ लाख पुरस्कार प्राप्त गरेकाछन् । प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ प्राप्त गरेका छन् । उत्कृष्ट फोटोहरु काठमाडौंमा साउन १५ देखि २१ सम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा प्रदर्शन गरिनेछ भने काठमाडौं बाहिर विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीमा प्रदर्शनी गरिनेछ ।

-विक्रम राई

 

प्रतिकृया दिनुहोस