समाचारबिहिवार, आषाढ २१, २०७५

डा. केसी र गंगामायाको समर्थनमा प्रदर्शन गरिरहेका ६ जना पक्राउ

हिमालखबर

अनशनरत डा. गोविन्द केसी र गंगामाया अधिकारीको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

डा. केसी र गंगामायाको माग पुरा गर्नुपर्ने भन्दै प्रदर्शन गरिरहेका चरण प्रसाईं, इन्द्र अर्याल, मोहन ज्ञवाली लगायत ६ जना पक्राउ परेका छन् ।

उनीहरुलाई महानगरीय प्रहरी प्रभाग, सिंहदरबारमा राखिएको छ ।

प्रहरीले निषेधित क्षेत्रमा प्रदर्शन गरेकोले प्रक्राउ गरिएको जनाएको छ । तर, माइतीघर लगायतका क्षेत्रमा जारी गरिएको निषेधाज्ञा भने १ साउनदेखि लागू हुनेछ ।

पक्राउ परेको मानवअधिकारीवादी प्रसाईंले संविधान अनुरुप आम जनताले सार्वजनिक स्थलमा प्रर्दशन गर्न पाउनुपर्ने बताए । उनले भने– “प्रर्दशन र विरोध गर्नै नदिएर सरकारले निरंकुश शैली देखाएको छ ।”

चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. गोविन्द केसी १६ असारदेखि जुम्लामा अनशन बसिरहेका छन् । त्यस्तै, छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई प्रक्राउ र चितवन जिल्ला अदालतको फैसला कार्यान्वयनको माग गर्दै गंगामाया वीर अस्पतालमा अनशनरत छिन् ।

प्रतिकृया दिनुहोस