समाचारबुधवार, आषाढ २०, २०७५

डा. गोविन्द केसीको अवस्था गम्भीर, अनशन निषेध गरिएको अस्पतालमा उपचार हुँदै

हिमालखबर

पाँच दिनदेखि जुम्लामा अनशन बसिरहेका डा. गोविन्द केसीको अवस्था गम्भीर हुँदै गएपछि अस्पताल भर्ना गरिएको छ ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै केसी जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बस्न खोजेपछि सरकारले अस्पताललाई निषेधित क्षेत्र घोषाणा गरेको थियो ।

स्थानीय प्रशासनले प्रतिष्ठानमा अनशन बस्न अवरोध गरेपछि केसी जिल्ला खेलकुद विकास समितिको कभर्ड हलमा अनशन बसिरहेका थिए ।

तर, स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उपचारमा संलग्न चिकित्सकको टोलीले केसीलाई अस्पताल पु¥याएको छ । उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

केसीको छातिमा समस्या देखिएको उपचारमा संलग्न डा. प्रविण गिरीले जानकारी दिएका छन् ।

 

प्रतिकृया दिनुहोस