कोलम्बियाले ९३ मिनेटमा गोल फर्कायो, खेल अतिरिक्त समयतर्फ
काठमाडौं (एजेन्सी)– बार्सिलोनाका स्टार डिफेन्डर येरी मिनाले निर्धारित ९० पछि थप गरिएको तेस्रो मिनेटमा हेडिङमार्फत गोल गरेपछि कोलम्बिया खेलमा फर्किएको छ। लगभग पराजयको निकट रहेको कोलम्बियालाई मिनाले उकासेपछि खेल अतिरिक्त समयमा पुगेको छ।
मिनाले कर्नर किकको उपयोग गर्ने क्रममा डिबक्स भित्र हेडिङ गोल गरे। यसअघि ५७ मिनेटमा पेनाल्टीमार्फत कप्तान ह्यारी केनले गोल गरेपछि इङ्ल्यान्डले अग्रता लिएको थियो। ९० मिनेटको खेल सम्पन्न भइसकेको अवस्थामा ५ मिनेट समय थप गरिएको बेला मिनाले गोल गरेका थिए।