केनले पेनाल्टीमार्फत दिलाए इङ्ल्यान्डलाई अग्रता
काठमाडौं (एजेन्सी)– इङ्ल्यान्डले पेनाल्टीमार्फत ५७ मिनेटमा अग्रता लिएको छ। कार्लोस सान्चेजले कर्नर किकमा डिबक्सभित्र ह्यारी केनलाई लडाएपछि प्राप्त पेनाल्टीमा कप्तान केनले नै गोल गरेका थिए। केनको विश्वकपमा ६ गोल पुरा भएको छ। उनी जारी विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी हुन।