इङ्ल्यान्ड र कोलम्बियाः तनावपूर्ण पहिलो हाफ गोलरहित बराबरी
काठमाडौं (एजेन्सी)– इङ्ल्यान्ड र कोलम्बियाले विश्वकपको अन्तिम प्रि–क्वाटरफाइनल खेलमा पहिलो हाफ गोलरहित बराबरी खेलेका छन्।
निकै तनावपूर्ण खेलमा दुवै तर्फबाट पहिलो हाफमा गोल हुन सकेन। खेलको ४० मिनेटमा कोलम्बियाका विल्मर बारोसले इङ्ल्यान्डका जोर्डन हेन्डर्सनलाई टाउकोले हिर्काएपछि पहेँलो कार्ड पाएका थिए। दुवै टोलीबीच तीन पल्ट तनाव देखिएको थियो।
कोलम्बियाली प्रशिक्षक जोसे पेकरम्यानले एक दिनअघि टोलीका स्टार खेलाडी हामेस रोड्रिगेज टोलीमा फर्किने बताएका थिए। तर, इङ्ल्यान्डविरूद्धको खेलमा उनी टोलीमा फर्किएनन्। उनी नाइजेरियाविरूद्ध ३० मिनेटमा घाइते भएका थिए। उनको अनुपस्थिती पहिलो हाफमा कोलम्बियाली टोलीमा स्पष्ट खड्कियो।