स्विडेन विश्वकपको क्वाटरफाइनलमा
काठमाडौं (एजेन्सी)– स्विडेन विश्वकपको क्वाटरफाइनल प्रवेश गरेको छ। मंगलबार सम्पन्न खेलमा स्विट्जरल्यान्डलाई १–० गोलले पराजित गर्ने क्रममा स्विडेन क्वाटरफाइनल पुगेको हो।
स्विडेनको जितमा इमिल फोर्सबर्ग नायक सावित भए। उनले ६६ मिनेटमा गोल गर्दै स्विडेनलाई जित दिलाए। स्विट्जरल्यान्डले अन्तिम मिनेटमा मिचेल लाङलाई गुमाएको थियो। निर्धारित ९० पछि थप गरिएको चौथो मिनेटमा एक्लै बल ल्याइरहेका मार्टिन ओल्सनलाई डिबक्स नजिकै लडाएपछि लाङलाई रातो कार्ड देखाइएको थियो।