समाचारमंगलवार, आषाढ १९, २०७५

पर्सा जलमग्न, डोम बस्तीका २५ घरधुरी विस्थापित

हिमालखबर

१७ असारदेखि परिरहेको अविरल वर्षाका कारण पर्साका अधिकांश स्थान जलमग्न भएका छन् ।

तस्वीरहरु: सुरेश बिडारी

पर्साको वीरगञ्ज महानगरपालिकाको सिर्सिया, अलौं, अशोकबाटिका, पकाहामैनपुर, मसिहानी, रामगढवा, जयमंगलापुर लगायतका क्षेत्र डुबानमा परेका छन् ।

सिर्सिया नदीमा आएको बाढीका कारण वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ डोम बस्तीका २५ घरधुरी विस्थापित भएका छन् ।

विस्थापित परिवार रानीघाटस्थित राम जानकी मन्दिर परिसरमा बसेका छन् । डुबानका कारण केही घर ढलेका छन् ।

आज बिहानदेखि पानी रोकिएकाले नदीमा पानीको सतह भने घट्दै गएको छ ।

 

सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस