ह्यारी केन (इङ्ल्यान्ड)
इङ्लिस कप्तान ह्यारी केन रुसमा जारी विश्वकप फुटबलको सर्वाधिक गोलकर्ता हुन्। उनले दुई खेलमा ५ गोल गरिसकेका छन्। बेल्जियमविरूद्ध समूह चरणको अन्तिम खेलमा चोटका कारण अनुपस्थित रहेका केन मंगलबार प्रि–क्वाटरफाइनलमा इङ्लिस टोलीमा फर्किदै छन्।
इङ्ल्यान्डको अन्तिम १६ मा कोलम्बियाविरूद्ध भिड्न्त हुँदैछ। असहज परिस्थितिमा पनि गोल गर्न माहिर टोटेनहमका यी स्टार स्ट्राइकरलाई आज रोक्न कोलम्बियाली डिफेन्डरले जाल बुन्ने पक्का छ।
केनको गोल गर्ने क्षमताको कोलम्बियाली प्रशिक्षक होसे पेकरम्यानले समेत तारिफ गरेका छन्। पेकरम्यानले खेल सुरु हुनुअघि भनेका छन्, ‘उनलाई रोक्न धेरै गाह्रो छ। त्यसैले हामी चनाखो हुनु जरुरी छ।’ केन ‘गोल्डेन बुट’ का सबैभन्दा दावेदार खेलाडी हुन्।