हाइसुके होन्डा (जापान)
जापानी टिमका सबैभन्दा अनुभवी खेलाडी काइसुके होन्डा बेल्जियमविरूद्ध आज राती हुने खेलका प्रमुख खेलाडी हुन्। उनले सेनेगलविरूद्ध लगभग पराजयको मुखमा पुगेको आफ्नो टिमलाई सम्हालेका थिए। २–२ को बराबरीमा टुँगिएको यो खेलमा ७८ मिनेटमा उनले गोल गरेका थिए। यही गोलका कारण उनी तीन वटा भिन्न विश्वकपमा गोल गर्ने खेलाडी पनि बने।
जापानले पछिल्लो विश्वकपमा गरेको १० गोलमध्ये सातमा होन्डाको प्रत्यक्ष संलग्नता छ। उनले टोेलीका लागि ४ गोल गर्नुको साथै ३ गोलको मौका जुराएका थिए। यो विश्वकपमा उनले एक गोल मात्र गरेका छन्।