रोमेलु लुकाकु (बेल्जियम)
रुसमा जारी विश्वकपमा प्रभावशाली प्रदर्शन गरिरहेका बेल्जियम स्ट्राइकर रोमेलु लुकाकु जापानविरूद्ध आज राती हुने प्रि–क्वाटरफाइनलका प्रमुख खेलाडी हुन्। इङ्ल्यान्डविरूद्ध समूह चरणको खेलमा चोटका कारण उनलाई विश्राम दिइएको थियो।
तर, उनी आजको खेलमा फर्किएका छन्। रोबेर्टो मार्टिनेजले बेल्जियम राष्ट्रिय टोलीको व्यवस्थापकको जिम्मेवारी सम्हालेयता लुकाकु निकै प्रभावशाली देखिएका छन्। उनले २० खेलमा २३ गोल गरिसकेका छन्। यस विश्वकपमा गोलका लागि हानेको ४ वटा प्रहार नै उनले गोलमा परिणत गरेका थिए। उनी पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो जस्तै समूह चरणको खेलमा दायाँ–बायाँ दुवै खुट्टा तथा टाउकोले गोल हान्ने खेलाडी बनेका छन्।
फिजिकल खेल खेल्न माहिर लुकाकु ‘गोल्डेन बुट’ को सूचीमा दोस्रो नम्बरमा छन्। पोर्चुगल प्रि–क्वाटरबाट बाहिरिसकेको अवस्थामा उनको अगाडि अव इङ्ल्यान्डका ह्यारी केन मात्र छन्। केनले ५ गोल गरेका छन्।