थप समाचारसोमवार, आषाढ १८, २०७५

बाढीले बगाउँदा एकजना बेपत्ता

हिमालखबर

बाँकेको वैजनाथ गाउँपालिकाको वनकटुवास्थित जेठी नालामा आएको बाढीले बगाउँदा एकजना बेपत्ता भएका छन् ।

बाढीले बगाउँदा वैजनाथ गाउँपालिका–३ का ६५ वर्षीय तुलबहादुर बुढा बेपत्ता भएको प्रहरी उपरीक्षक टेकबहादुर तामाङले जानकारी दिए ।

आइतबार साँझदेखिको वर्षाका कारण जिल्लाका विभिन्न ठाउँ डुबानमा परेका छन् । रासस

प्रतिकृया दिनुहोस