फिलिप काउटिन्हो (ब्राजिल)
आफ्नो स्टार खेलाडी नेइमारलाई छाँयामा पारेका फिलिप काउटिन्हो मेक्सिकोविरूद्ध आज हुने प्रि–क्वाटरफाइनल खेलका लागि खतरनाक बन्न सक्छन्। आक्रामक मिडफिल्डरको रुपमा उनको भूमिका ब्राजिलका लागि निकै फलदायी बनेको छ।
गत सिजन उनी नेइमारपछि फुटबल बजारमा सबैभन्दा महंगो क्लब स्थानान्तरणको रुपमा बार्सिलोना पुगेका थिए। स्पेनिस क्लब बार्सिलोनाले उनलाई भित्र्याउन इङ्लिस क्लब लिभरपुललाई १७ करोड अमेरिकी डलर खर्चिएको थियो।
काउटिन्हो समूह चरणको खेलमा निकै प्रभावशाली बनेका थिए। मिडबाट उनले निकाल्ने सटिक पास, ‘सेट पिस’ मा उनको जबरदस्त प्रहार ब्राजिलका लागि असरदार बनेको छ। उनले स्विट्जरल्यान्डविरूद्ध १–१ गोलले बराबरी भएको खेलमा २० मिनेटमा सुरुवाती गोल गरेका थिए। कोस्टा रिकाविरूद्ध ९१ मिनेटमा गोल गरेपछि ब्राजिलको नकआउट चरण प्रवेशको बाटो खुलेको थियो। उनी दुवै खेलमा ‘म्यान अफ दि म्याच’ घोषित भए।
सर्वियाविरूद्धको खेलमा गोल गर्न नसकेपनि उनको प्रभावशाली खेलका कारण ब्राजिल २–० ले विजयी भएको थियो।