लुइस सुआरेज (उरुग्वे)
सन् २०१० को विश्वकपमा घानाको गोललाई गोल पोस्टमा रोकेको आरोपमा रातो कार्ड पाएका लुइस सुआरेज नेदरल्यान्डविरूद्धको सेमिफाइनल खेल खेल्नबाट बञ्चित भएका थिए। उनी अन्तर्राष्ट्रिय फुटबलमा ‘ब्याड ब्वाई’ को उपनामले चिनिन्छन्। २०१४ को विश्वकपमा पनि उनले इटालीका डिफेन्डर जर्जियो चिलिनीलाई काँधमा टोकेका थिए।
तर, रुसमा भइरहेको विश्वकपमा उनी संयमित मात्र होइन, टोलीका लागि महत्वपूर्ण खेलाडी पनि सावित भएका छन्। उनले समूह चरणको दुई खेलमा दुई गोल गर्दै आफूलाई प्रमाणित पनि गरेका छन्। उनी उरुग्वेका सर्वाधिक गोलकर्ता हुन। उने १ सय १ खेलमा ५३ गोल गरिसकेका छन्।
आज पोर्चुगलविरूद्ध मध्यरातमा हुने खेलमा बार्सिलोनाका यी स्ट्राइकर महत्वपूर्ण मानिएका छन्। उनले विश्वकपमा ५ गोल गरेका छन्।