प्लेयर टु वाचबिहिवार, आषाढ १४, २०७५

सिन्जी कागावा (जापान)

हिमालखबर


जर्मनी क्लब बोरुसिया डर्टमुन्डबाट व्यवसायिक फुटबल खेल्ने २९ वर्षीय कागावा जापानको गोल मेसिनको रुपमा परिचित छन्। मिडफिल्डमा उनको लामो पास, प्राविधिक ज्ञान र सुझबुझको निकै चर्चा हुने गरेको छ। विश्वकपको दोस्रो चरण प्रवेशका लागि जापानले आज पोल्यान्डसँग प्रतिस्पर्धा गर्दा कागावाको अनुभवले धेरै काम गर्नेछ।

कागावाले दुई वर्ष इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडमा बसेर व्यवसायिक फुटबल खेलिसकेका छन्। उनी युरोपेली लिगमा सर्वाधिक गोल गर्ने जापानी खेलाडी पनि हुन्। उनले बोरुसिया र म्यानचेस्टरमा गरेर युरोपेली लिगमा ४७ गोल गरिसकेका छन्। उनले ९३ अन्तर्राष्ट्रियमा ३१ गोल गरिसकेका छन्। उनले कोलम्बियालाई २–१ ले पराजित गरेको खेलमा पेनाल्टीमार्फत एक गोल गरेका थिए।

प्रतिकृया दिनुहोस