कला/साहित्यबुधवार, आषाढ १३, २०७५

जेनिथ ब्याण्डको पुनरागमन

हिमालखबर

जेनिथ ब्याण्डले नेपाली सांगीतिक क्षेत्रमा पुनरागमन गरेको छ ।

कहीँबाट, मायाको संसार लगायतका चर्चित गीत सिर्जना गरेको ब्याण्ड २० वर्षपछि पुनरागमन भएको हो ।

ब्याण्डले गत हप्ता राजधानीमा कार्यक्रमको आयोजना गर्दै नेपाली सांगीतिक क्षेत्रमा फर्किएको जनाएको छ ।

सन् १९९४ मा गठन भएको ब्याण्डले १९९६ मा जेनिथ च्याप्टर–१ र १९९८ मा जेनिथ च्याप्टर–२ एल्बम निकालेको थियो । जेनिथले बेष्ट ब्याण्डको अवार्ड समेत जितिसेकेको छ ।

१४ जनाको समूह रहेको ब्याण्डमा गीत/संगीतले बाँच्न गाह्रो भएपछि २० वर्षअघि निस्क्रिय भएको बेस गिटारिष्ट रुपेश जोशीले जानकारी दिए ।

सांगीतिक क्षेत्रमा पुनः योगदान र युवापुस्ताकाबीच परिचित हुन सांगीतिक क्षेत्रमा फर्किएको जोशीले बताए । उनले भने– “पहिलेभन्दा अवस्था बदलिएको छ । अब गीत गाएरै बाँच्ने सकिन्छ भन्ने आत्मविश्वास पनि छ ।”

देश विदेशमा हुने विभिन्न स्टेज कार्यक्रमले कलाकारलाई ठुलो राहत मिलेको उनको अनुभव छ ।

 

प्रतिकृया दिनुहोस