प्लेयर टु वाचबुधवार, आषाढ १३, २०७५

ओला टोइभोनिस (स्विडेन)

हिमालखबर


उनको नाम विश्व फुटबलमा खासै सुनिदैन। तर, उनी स्विडेनको खतरनाक आक्रामक मिडफिल्डर मानिन्छन्। फिनिस बाबुका छोरा टोइभोनिस स्विडेनको स्थानीय क्लब टाउलसबाट व्यवसायिक फुटबल खेल्छन्।

३१ वर्षको उमेरमा पनि विश्वकप टोलीमा उनको छनोटले धेरैलाई छक्क तुल्याएको थियो। तर, विश्व विजेता जर्मनीविरूद्ध २–१ ले पराजित अघिल्लो खेलमा ३२ मिनेटमा गोल गर्दै उनले आलोचकको मुख बन्द गराएका थिए।

स्विडेनले आज मेक्सिकोसँग खेल्दैछ। मेक्सिको यसअघि दुई खेलमा ६ अंक बटुल्दै दोस्रो चरण छनोट नजिक छ। स्विडेनको दुई खेलमा ३ अंक मात्र छ। उ गोल अन्तरका कारण जर्मनीभन्दा पछाडि छ। त्यसैले नकआउट चरण प्रवेशका लागि स्विडेनले मेक्सिकोलाई पराजित गर्नुपर्ने बाध्यता छ। यस अभियानमा सवैभन्दा प्रभावशाली स्विडिस खेलाडी उनी मानिएका छन्। उनले २०१५–१६ को सिजन सन्डरल्यान्डबाट व्यवसायिक फुटबल खेल्ने क्रममा १२ खेल खेलेका थिए। विश्वकप छनोटमा उनले तीन गोल गरेका थिए।

प्रतिकृया दिनुहोस