प्लेयर टु वाचबुधवार, आषाढ १३, २०७५

फिलिप काउटिन्हो (ब्राजिल)

हिमालखबर


आफ्नो स्टार स्ट्राइकर नेइमार चोटग्रस्त बनेपछि ब्राजिललाई अहिले सवैभन्दा ठूलो भर फिलिप काउटिन्हो माथि छ। काउटिन्होले पनि स्तरअनुसारको खेल यसपालिको विश्वकपमा प्रदर्शन गरिरहेका छन्।

यसै सिजन विश्वको तेस्रो महंगो रकममा स्पेनिस क्लब बार्सिलोनामा आवद्ध भएका काउटिन्हो आक्रामक मिडफिल्डरको रुपमा परिचित छन्। उनले राष्ट्रिय टोलीबाट ३८ खेल खेल्ने क्रममा १२ गोल गरिसकेका छन्। स्पान्योलका पूर्व प्रशिक्षक माउरिसियो पोचिटिनो काउटिन्होको खेल्ने शैलीलाई लिओनल मेसी र रोनाल्डिन्होसँग दाज्ने गर्छन्। उनको ‘आइडियल’ रोनाल्डिन्हो हुन्।

यस विश्वकपमा उनले स्विट्जरल्यान्डसँग १–१ को बराबरी खेलमा कर्लिङ गोल गरेका थिए। यस्तै, कोस्टारिकाविरूद्ध २–० ले विजयी खेलमा पनि उनले पहिलो गोल गरेका थिए।

ब्राजिलले समूह ‘इ’ अन्तर्गत आज सर्वियासँग खेल्दैछ। र, उनीबाट टिमले धेरै आशा राखेको छ।

प्रतिकृया दिनुहोस