प्लेयर टु वाचमंगलवार, आषाढ १२, २०७५

मिली जेडिनाक (अस्ट्रेलिया)

हिमालखबर

अस्ट्रेलियाका कप्तान मिली जेडिनाक ‘स्पट किक’ मा निकै प्रभावशाली देखिएका छन्। उनले यो विश्वकपको दुई खेलमा दुई गोल गरिसकेका छन्। यी दुवै गोल पेनाल्टीबाट सम्भव भएको थियो। फ्रान्सविरूद्ध २–१ ले पराजित खेलमा अस्ट्रेलियाले पाएको पेनाल्टीलाई उनले नै गोलमा परिणत गरेका थिए। यस्तै, बेल्जियमविरूद्ध १–१ गोलले बराबरी खेलमा पनि उनले पेनाल्टीबाट गोल गरेका थिए।

इङ्ल्यान्डको अस्टन भिला क्लबबाट व्यवसायिक फुटबल खेलिरहेका मिली डिफेन्सिभ मिडफिल्डबाट खेल्ने गर्छन्। उनी आफ्ना डिफेन्सलाई गोल पोस्टमा सहयोग गर्न मात्र होइन, अगाडि गोलका लागि अवसर जुटाउन पनि माहिर देखिएका छन्। आज पेरुलाई पराजित गरेको खण्डमा अस्ट्रेलियाको दोस्रो चरण प्रवेशको सम्भावना बलियो बन्ने छ। त्यसैले मिलीको खेलले आज निकै महत्व राखेको छ।

प्रतिकृया दिनुहोस