हेफर स्वर्णिम प्रतिभा पुरस्कार कमला भण्डारीलाई
हेफर इन्टरनेशनल नेपालले प्रदान गर्ने स्वर्णिम प्रतिभा पुरस्कार गुल्मी धुर्कोटकी कमला भण्डारीले पाएकी छन् ।
आज गुल्मीमा आयोजित कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्टले भण्डारीलाई नगद ७० हजार सहितको पुरस्कार हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै मन्त्री बिष्टले भने– “हेफरले सञ्चालन गरेको परियोजनाले ग्रामीण महिलाहरुको सीप, क्षमता र जीवनमा ठुलो परिवर्तन ल्याएको छ ।”
२०७१ मा हेफर इन्टरनेशनलको जनविकास केन्द्र माझाठाटी स्वावलम्बी समूहमा आवद्ध भएपछि भण्डारीले सोही संस्थामार्फत् तरकारी खेती, बाख्रापालन, पोषण तथा स्वास्थ्य शिक्षा, प्रजनन स्वास्थ्य लगायतका तालीम लिएकी थिइन् ।
तालीमपछि बाख्रापालन शुरु गरेकी उनी हाल सफल उद्यमीको रुपमा स्वर्णिम प्रतिभा पुरस्कार पाउन सफल भएकी छन् ।
हुमाकान्त पोखरेल, गुल्मी