थप समाचारसोमवार, आषाढ ११, २०७५

राजविराज विमानस्थलबाट नियमित उडान शुरु

हिमालखबर

तस्वीर: श्रवणकुमार देव

सप्तरीको राजविराज विमानस्थलबाट श्री एअरलाइन्सले नियमित उडान शुरु गरेको छ ।

हप्ताको पाँच दिन (शनिबार र मंगलबार बाहेक)उडान हुने एअरलाइन्सले जनाएको छ । उडानको पहिलो दिन १० असारमा काठमाडौंबाट ४६ जना यात्रु बोकेर आएको विमान राजविराजबाट २२ जना यात्रु लिएर फर्किएको श्री एयरलाइन्सका राजविराज प्रतिनिधि सुरेश मल्लिकले जानकारी दिए ।

पहिलो उडानका यात्रु र चालक दलका सदस्यलाई राजविराज नगरपालिका र सप्तरी उद्योग वाणिज्य संघले सम्मान गरेको छ । राजविराज

नगरपालिकाका प्रमुख शम्भु यादवसहितका जनप्रतिनिधिले उनीहरुलाई फूलमाला लगाइदिएका थिए ।
श्रवणकुमार देव, राजविराज

प्रतिकृया दिनुहोस