दशैं अबधि: पश्चिमाञ्चलमा सवारी दुर्घटनामा २३ को मृत्यु
-दीपक ज्ञवाली
यसबर्षको दशैं अबधिमा पश्चिमाञ्चलमा २३ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएकाछन् । मृतकहरुमध्ये अधिकांश दशैं मनाउन यात्रामा थिए ।
दशैंको १५ दिनभित्र ३७ वटा दुर्घटना भए । ती दुर्घटनाहरुमा ८८ जना घाईते भए । जसमध्ये गम्भीर ५७ जनाको बिभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ ।
पश्चिम क्षेत्रीय ट्राफिक कार्यलय बुटवलका अनुसार पश्चिमाञ्चलका १६ जिल्लामध्ये सबैभन्दा धेरै दुर्घटना रुपन्देही र नवलपरासीमा भए । यी जिल्लामा १०/१० वटा दुर्घटना भए । सबैभन्दा धेरैको मृत्यु नवलपरासीमा भयो ।
नवलपरासीमा ९ जना र रुपन्देहीमा ६ जनाको मृत्यु भयो दशैं यात्रामा हिंडेका यात्रुहरुको ।
दुर्घटना भएका सबैभन्दा धेरै साधन मोटरसाईकल हुन् । रुपन्देहीमा ८ र नवलपरासीमा ४ वटा मोटरसाईकल दुर्घटना भए ।
अघिल्लो बर्ष (२०७२) को दशैं अबधिमा पश्चिमाञ्चलमा ३८ वटा सवारी दुर्घटना भएकाथिए । ती दुर्घटनामा २५ जनाले ज्यान गुमाएका थिए ।
त्यस्तै २०७१ को दशैं अबधिमा ६१ दुर्घटना भएका थिए । र,२९ जनाले ज्यान गुमाएका थिए ।