एसईईको नतिजा सार्वजनिक
परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।
कार्यालयले चैत पहिलो साता लिएको एसईईको नतिजा ग्रेडिङ प्रणालीअनुसार आज, ९ असारमा सार्वजनिक गरेको हो ।
परीक्षामा सहभागी भएका ४ लाख ६३ हजार ६ सय ८९ मध्ये ३.६ देखि ४ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) १४ हजार २ सय ३४ जनाले प्राप्त गरेका छन्।
नतिजा moe.gov.np, doe.gov.np, neb.gov.np र see.ntc.net.np मा हेर्न सकिन्छ।