कि सुङ येङ (दक्षिण कोरिया)
मिडफिल्डबाट खेल्ने कि सुङ येङ मेक्सिकोविरूद्धको खेलमा दक्षिण कोरियाका महत्वपूर्ण खेलाडी हुन्। उनी इङ्लिस क्लब स्वान्सुबाट व्यवसायिक फुटबल खेल्छन्। कोरियाको हाल कप्तान पनि रहेका उनी लामो पास र सेट–पिसका माहिर खेलाडी पनि हुन्।
फुटबलको उनको प्राविधिक ज्ञानलाई लिएर तारिफ पनि हुने गरेको छ। उनले फुटबलको गुण अस्ट्रेलियामा बसेर सिकेका थिए। उनी २००८ देखि नै कोरियाको राष्ट्रिय टोलीमा समावेश छन्। सन् २०१२ को लन्डन ओलम्पिकमा कोरियाले कास्य पदक जित्दा कि टोलीका प्रमुख खेलाडी थिए।
२९ वर्षीय कि २०१५ मा स्वान्सी सिटीको उत्कृष्ट खेलाडी घोषित भएका थिए। उनले सेल्टीकबाट पनि व्यवसायिक फुटबल खेलिसकेका छन्। सन् २०१३–१४ को सिजन उनले क्रृण सम्झौतामा सन्डरल्यान्डबाट फुटबल खेलेका थिए।