दक्षिण कोरियाको चुनौती, आज मेक्सिकोलाई रोक्नै पर्ने
काठमाडौं (एजेन्सी)– सन् २००२ को विश्वकप सेमिफाइनल पुगेको एसियाली राष्ट्र दक्षिण कोरियाले त्यसपछि अवस्मरणीय प्रदर्शन गर्न सकेको छैन्। यसपालिको विश्वकपको पहिलो खेलमा पनि ऊ स्विडेनसँग १–० ले पराजित भइसकेको छ। यस्तो अवस्थामा मेक्सिकोविरूद्ध आज कोरिया निर्णायक खेल खेल्दैछ।
समूह ‘एफ’ को पौने ९ बजे हुने खेलमा पराजित भएको खण्डमा कोरिया प्रतियोगिताबाटै बाहिरिने छ। मेक्सिकोले भने यसपालिको विश्वकपमा उत्कृष्ट सुरुवात गरेको छ। उसले पहिलो खेलमै विश्व विजेता जर्मनीलाई १–० ले हराएको थियो।
मेक्सिको विश्वकपको दोस्रो चरण प्रवेश गर्ने टोलीको रुपमा पनि परिचित छ। फेरि उसँग सन् १९७८ देखि विश्वकपको समूह चरणको दोस्रो खेलमा पराजय नभोगेको बलियो इतिहास पनि छ। गत विश्वकपमा ब्राजिलसँग दोस्रो खेलमा भिडेको मेक्सिकोले गोलरहित बराबरीमा खेल रोकेको थियो।
मेक्सिकोले हालसम्म एसियाली राष्ट्रहरूसँग भएको कुनै पनि भिडन्तमा पराजय भोग्नु परेको छैन्। कोरियासँग यसअघि उसको भिडन्त सन् १९९८ मा भएको थियो, जसमा मेक्सिको ३–१ ले विजयी भएको थियो। कोरिया विश्वकपको पछिल्लो ७ खेलमा विजयी हुन सकेको छैन्। उसले ५ खेलमा पराजय र २ बराबरीमा राखेको छ। यस्तै, कोरियाले पछिल्लो दुई विश्वकपदेखि विपक्षीविरूद्ध गोल गर्न सकेको छैन्।