मुसाले फर्काए नाइजेरियाको शान
काठमाडौं (एजेन्सी)– नाइजेरियाले विश्वकप फुटबलमा उत्कृष्ट पुनरागमन गरेको छ। समूह ‘डी’ अन्तर्गत शुक्रबार रातीको खेलमा अहमद मुसाको उत्कृष्ट दुई गोलको सहयोगले आइसल्यान्डलाई पराजित गर्दै नाइजेरियाले दोस्रो चरण प्रवेशको सम्भावनालाई बलियो बनाएको छ।
नाइजेरियाले समूहको अन्तिम खेल क्रोएसियाविरूद्ध खेल्ने छ। आइसल्यान्डविरूद्ध जितपछि नाइजेरियाले ३ अंक बटुल्दै समूहमा दोस्रो स्थान ओगटेको छ। यस समूहमा दुई खेल जितेर क्रोएसिया दोस्रो चरण प्रवेश गरिसकेको छ।
मुसाले ४९ र ७५ मिनेटमा गोल गरे। आइसल्यान्डले खेल सकिनुअघि पेनाल्टीको अवसर पाएको थियो। तर, जिल्फी सिगुर्डसनले गोल पोस्ट बाहिर बल हानेपछि आइसल्यान्ड गोल फर्काउन असफल भयो।