भिक्टोर मोसेस (नाइजेरिया)
विश्वकप अभियानलाई जिवित राख्न आज नाइजेरियाले जसरी पनि आइसल्यान्डलाई रोक्नु पर्ने बाध्यता छ। र, यो अभियानमा चेल्सीका २७ वर्षीय विङ्गर भिक्टोर मोसेस प्रभावशाली हुन सक्छन्।
इङ्ल्यान्डको युथ टोली हुँदै युथ–२३ बाट समेत अन्तर्राष्ट्रिय फुटबल खेलेका मोसेसले सन् २०१२ मा गएर आफू जन्मिएको देश नाइजेरियाबाट फुटबल खेल्ने निर्णय गरेका थिए। उनको यो निर्णयले धेरैलाई अचम्मित पनि पारेको थियो।
सन् १०१६–१७ को सिजन चेल्सीले प्रिमियर लिगको उपाधि जित्दा उनको भूमिका प्रभावशाली थियो। समूह ‘डी’ मा नाइजेरियाले पहिले नै क्रोएसियासँग पराजय भोगिसकेको छ। यस अवस्थामा आज हुने खेल नाइजेरियाका लागि महत्वपूर्ण पनि छ।