नेइमार (ब्राजिल)
ट्विटरले भर्खरै सार्वजनिक गरेको विवरण अनुसार विश्वकपको पहिलो चरणको खेल चलिरहँदा सोसल मिडियामा सवैभन्दा बढी ब्राजिली स्टार नेइमारलाई सम्बोधन गर्दै विभिन्न सामाग्री पोस्ट भएको छ। गत फेब्रुअरीमा घुँडामा चोट बोकेका नेइमार त्यही खुट्टाको दुखाईले गर्दा राम्रोसँग खेल्न सकिरहेका छैनन्। तरपनि उनको प्रतिभाबाट को परिचित छैन र! यसैले समूह ‘इ’ को महत्वपूर्ण खेलमा आज ब्राजिलले कोस्टारिकाको सामना गर्दा नेइमारको खेलमा फुटबल समर्थकको ध्यान जाने पक्का छ।
उनले स्विट्जरल्यान्डविरूद्ध खासै राम्रो प्रदर्शन गर्न सकेका थिएनन्। तर, उनको उपस्थितिले मात्र प्रतिस्पर्धी टोलीले थप दबाब महसुस गर्ने गरेका छन्। त्यसैले ब्राजिली प्रशिक्षक टिटेका लागि आजको खेलमा पनि नेइमार ठूलो अस्त्रको रुपमा रहेका छन्।