डेनिस गोलकिपरले ५ सय ७२ मिनेटपछि खाए गोल
अस्ट्रेलियाका मिल जेडिन्कले डेनिस गोलकिपर कास्पेर स्माइकलको अन्तर्राष्ट्रिय फुटबलमा ५ सय ७२ मिनेट गोल नखाने कीर्तिमानलाई रोकेका छन्। उनले डेनमार्कविरूद्ध विश्वकपको दोस्रो खेलमा ३८ मिनेटमा पाएको पेनाल्टी अवसरलाई गोलमा परिणत गर्दै कास्पेरको लामो समय गोल नखाने कीर्तिमानलाई रोके।
इङ्लिस क्लब लेस्टरका ३१ वर्षीय गोलकिपर पेरुविरूद्ध अघिल्लो खेलमा आफ्नो बुवाको लामो समय गोल नखाने कीर्तिमानलाई भंग गरेका थिए। कास्पेरका बुवा पिटर डेनमार्कका पूर्व गोलकिपर हुन्।
-एजेन्सी