कोशी नदीमा ट्रक खस्दा दुईको मृत्यु, नौ घाइते
सप्तकोशीको ब्यारेजबाट आज दिउँसो नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।
को १ क १०४३ नम्बरको जेसीबी डोजर बोकेको ना ४ ख ३५६ नम्बरको ट्रक पुलको बारमा ठोक्किएर नदीमा खसेको थियो ।
दुर्घटनामा डोजर चालक सुनसरी बराह नगरपालिका–१ का बिनोद बराईली र ट्रक चालक सुनसरी रामधुनी नगरपालिका–१ झुम्काका घनश्याम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, मोरङ टंकीसिवारी–३ का शुक्रराज लामा, सुन्दरहरैचा नगरपालिका ४ का कृष्ण चौधरी, झापा गौरादह ५ का सन्तोष अधिकारी, उदयपुर कटारी ६ का हरी मगर, सुनसरी बराह नगरपालिका ३ का मणिराज बि.क., विराटनगर–१२ का राजकुमार मण्डल, मकवानपुर ६ का आतिषसिंह प्रधान घाइते भएका छन ।
घाइतेहरुको विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका नायव उपरीक्षक नारायण चिमरियाले जानकारी दिए ।
कमल रिमाल, विराटनगर