लिओनल मेसी (अर्जेन्टिना)
अर्जेन्टिनी कप्तान लिओनल मेसी आज राती पौने १२ बजे क्रोएसियाविरूद्ध हुने खेलमा पनि उत्तिकै महत्वपूर्ण खेलाडीको रुपमा रहेका छन्। आइसल्यान्डविरूद्ध पहिलो खेलमा पेनाल्टी गुमाएका मेसीबाट आज धेरै अपेक्षा गरिएको छ। क्रोएसियाले अघिल्लो खेलमा ३ अंक बटुलिसकेको अवस्थामा अर्जेन्टिनाका लागि उनको प्रदर्शनले महत्व राखेको छ। मेसीको नेतृत्वमा गत विश्वकपमा अर्जेन्टिना फाइनल पुगेको थियो। यसपालि पहिलो खेलमै आइसल्यान्डसँग अंक बाड्नु परेका कारण अर्जेन्टिनाको चुनौती थपिएको छ।