राजपाको महाधिवेशन २०७६ वैशाखमा
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आउँदो वर्ष वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।
काठमाडौंमा जारी राजपाको राजनीतिक समितिको बैठकले ७, ८ र ९ वैशाखमा महाधिवेशन गर्ने गरी विधान परिमार्जन गर्न तीन सदस्यीय विधान संशोधन समिति गठन गरेको छ । समितिमा लक्ष्मणलाल कर्ण, बृषेशचन्द्र लाल र सर्वेन्द्रनाथ शुक्ल रहेका छन् ।
राजपा नेता लालले आउँदो २१ असारमा विधान परिमार्जनको मस्यौदा राजनीतिक समितिको बैठकमा पेस गर्ने जिम्मेवारी पाएको हिमालखबरलाई बताए ।
पार्टी एकीकरण गर्दा तयार पारेको विधानको धारा २२ को उपधारा (१०) मा एक वर्ष भित्र केन्द्रीय महाधिवेशन गर्ने व्यवस्था राजपाले गरेको थियो ।
असार २०७४ मा पार्टी एकीकरण गरेको राजपाले यही व्यवस्थाअनुसार २०७५ असार मसान्तभित्र महाधिवेशन गर्नुपथ्र्यो ।
तोकिएको समयमा महाधिवेशन गर्न नसकेपछि निर्वाचन आयोगले २५ जेठमा महाधिवेशनको समय तोकेर त्यसको जानकारी दिन राष्ट्रिय जनता पार्टी नेपाललाई पत्र पठाएको थियो ।