स्विफ्टको नयाँ मोडल सार्वजनिक
नेपालका लागि सुजुकी गाडीको आधिकारिक विक्रेता सीजी मोटोकर्पले स्विफ्टको नयाँ मोडल सार्वजनिक गरेको छ ।
नयाँ स्विफ्टमा सिंगल एपर्चर फ्रन्ट ग्रील, एलइडी प्रोजेक्टर हेडल्याम्प, कट–टू–टोन अलोय व्हील तथा अर्बन स्याटिन क्रोमयुक्त इन्टेरियर रहेको छ ।
यसमा १.२ लिटर भीभीटी, डुअल एयर ब्याग, इबीड, एबीएस, आइसोफिक्स् र टोटल इफेक्टििभ कन्ट्रोल टेक्नोलोजीलगायतका उच्च प्रविधियुक्त विशेषता रहेका छन् ।
आकर्षक डिजाइन र उत्कृष्ट पर्फोमेन्स् तथा फिचरको कारण नयाँ स्विफ्ट सबैको रोजाईमा पर्ने सीजी मोर्टकर्पले दावी विश्वास लिएको छ । उक्त गाडीले २२ किलोमीटर प्रतिलिटर माइलेज दिने कम्पनीले दावी गरेको छ ।
नयाँ स्विफ्टको मूल्य रु २८ लाख ९९ हजार तोकिएको छ ।