रहेनन् डा. देवकोटा
रिष्ठ स्नायु शल्यचिकित्सक (न्यूरो सर्जन) डा उपेन्द्र देवकोटाको बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको छ ।पित्त थैलीको क्यान्सरबाट पीडित ६१ वर्षीय डा देवकोटा बेलायतमा साढे पाँच महिना लामो उपचारपछि १५ वैशाखमा स्वदेश फर्केर आफैंले स्थापना गरेको न्यूरो अस्पतालमा उपचाररत थिए । उनको आज, ४ असार अपराह्न ५ः३५ बजे निधन भएको अस्पतालले जनाएको छ ।
डा देवकोटाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि भोलि दिउँसो १ बजेसम्म अस्पतालमा राखिने र त्यसपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ ।
उनकी श्रीमती मधु दीक्षित देवकोटा र छोरीहरु मेधा, वसुधा र मञ्जरी छन् ।
सम्बन्धित आलेख:
जीवनको सही अर्थ बुझेकैले हुनुपर्छ, डा. उपेन्द्र देवकोटा काम गर्न पनि नेपालै आए, ठूलो रोगले च्याप्दा पनि नेपालै फर्किए । ...विस्तृत