अर्थमन्त्री खतिवडाको सांसद पद २ वर्षसम्म, गृहमन्त्रीको ६ वर्ष
संसद भवन नयाँ बानेश्वरमा राष्ट्रिय सभाका सदस्यको कार्यकाल गोलाप्रथाबाट तोकिंदै छ।
अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल दुई वर्षमात्र कायम भएको छ । आज भएको गोलाप्रथामा उनलाई दुई वर्षे कार्यकालको चिठ्ठा परेको हो ।
यसैगरी गृहमन्त्री रामबहादुर थापालाई ६ वर्षका लागि चिठ्ठा परेको छ ।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल ६ वर्ष कायम भएको छ । उनी तत्कालीन एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए ।
राष्ट्रियसभामा नेकपा संसदीय दलको नेता दिनानाथ शर्माको कार्यकाल भने चार वर्ष कायम भएको छ ।
यसैगरी कांग्रेस दलको नेता सुरेन्द्र पाण्डेको कार्यकाल दुई वर्ष कायम भएको छ ।
नेपाल कांग्रेसबाट राष्ट्रिय सभा सदस्य जितेन्द्र देवको कार्यकाल ६ वर्ष कायम भएको छ ।
यसैगरी नेकपाका सुमन प्याकुरेल चार वर्ष र रमेश यादवको दुई वर्ष कार्यकाल तय भएको छ ।