प्रशासकीय अदालतसम्बन्धी विधेयक पेश
राष्ट्रियसभामा ‘प्रशासकीय अदालतका सम्बन्धमा बनेको विधेयक, २०७५’ पेश भएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले विधेयक पेश गरेका हुन् ।
विधेयकमा कर्मचारीको सरुवा, बढुवा र अवकाशका विषयमा प्रशासकीय अदालतले छिनोफानो गर्ने प्रस्ताव गरिएको छ ।
शिक्षकदेखि सरकारको स्वामित्व रहेका संस्थान र कम्पनीहरूको कर्मचारीसम्बन्धी मुद्दा समेत अदालतले हेर्ने व्यवस्था प्रस्तावित छ ।
विधेयकले कर्मचारीको सरुवा, बढुवासम्बन्धी मुद्दा प्रशासकीय अदालतबाट किनारा लागेपछि मात्र सर्वोच्च अदालतमा पुनरावेदन दिन पाइने व्यवस्था गरेको छ ।
राष्ट्रियसभाको अर्काे बैठक सोमबार, ४ असार अपराह्न २ बजे बस्नेछ ।