उरुग्वेबाट इजिप्ट पराजित
फिफा विश्वकप २०१८ को समूह चरणको दोस्रो खेलमा उरुग्वेले इजिप्टलाई १–० गोल अन्तरले पराजित गरेको छ ।
खेलको ९० औं मिनेटमा उरुग्वेका गिमेनेजले हेडमार्फत गोल गर्दै आफ्नो टोलीलाई विजयी बनाएका हुन् ।
स्टार खेलाडी मोहम्मद सलाह बिना नै मैदान उत्रिएको इजिप्टले राम्रो प्रदर्शन गरे पनि उरुग्वेका खेलाडीहरु अगाडी टिक्न सकेन ।