नेपाली एप ‘फूटबल वर्ल्ड २०१८’
हाम्रो पात्रोले नयाँ एप ‘फूटबल वर्ल्ड २०१८’ शुरु गरेको छ ।
एपमा खेल तालिका, टाइमलाइन, खेलको ताजा अपडेट तथा रिमाइन्डर र फूटबलप्रेमीका रुचीका जानकारीहरु रहेको हाम्रो पात्रोका व्यवस्थापकीय निर्देशक सन्तोष देवकोटाले जानकारी दिएका छन् ।
एपमा आफूलाई मन पर्ने टोलीलाई ‘फेब’ गर्न मिल्ने सुविधा समेत छ ।
फूटबल वर्ल्ड २०१८ एप स्टोरबाट सजिलै डाउनलोड गर्न सकिन्छ । यो एपमा हुने गतिविधिका अपडेटहरु हाम्रोपात्रोमा समेत प्राप्त गर्न सकिने देवकोटाले बताए ।