भारतः राइजिंग कश्मिरका सम्पादक बुखारीको हत्या
भारतीय पत्रकार एवम् राइजिंग कश्मिरका सम्पादक शुजात बुखारीको गोली हानेर हत्या भएको छ ।
३१ जेठ साँझ जम्मुकश्मिरको राजधानी श्रीनगरको प्रेस कोलोनीमा ४८ वर्षीय बुखारीमाथि गोली प्रहार भएको थियो । कार्यालयबाट निस्केलगत्तै भएको घटनामा बुखारीका एक सुरक्षाकर्मीको पनि मृत्यु भएको छ भने अर्का घाइते भएका छन् ।
उनको हत्याको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन ।
बुखारीमाथि यसअघि पनि हत्या प्रयास भएपछि उनलाई सुरक्षाकर्मी उपलब्ध गराइएको थियो । उनी कश्मिरमा शान्ति बहालीका लागि प्रयासरत थिए ।