उद्घाटन खेलमा रूसको शानदार जीत
फिफा विश्वकप– २०१८ को उदघाटन खेलनमा आयोजक रुसले साउदी अरबलाई ५–० गोल अन्तरले पराजित गरेको छ ।
मस्कोमा भएको खेलको १२ औं मिनेटमा रुसका लागि युरी ग्याजिन्सकीले एलेक्जेन्डरको पासलाई हेडिङ गरेर पहिलो गोल गरेका थिए । दोस्रो गोल खेलको ४३ औं मिनेटमा डेनिस चेरिसेभले गरे ।
पहिलो हाफमै २–० को अग्रता कायम गरेको रुसले खेलको ७१ औं मिनेटमा तेस्रो गोल गर्यो । बाँकी दुई गोल इन्जुरी टाइममा भएका थिए । ९१ औं मिनेटमा चेरिसेभ र ९४ औं मिनेटमा गोलोभिनले फ्रि किकबाट गोल गरेका थिए ।
जीतसँगै रुसले महत्वपूर्ण ३ अंक बटुलेको छ ।