प्रधानमन्त्रीको प्रमुख स्वकिय सचिवमा महरा
प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख सचिवमा जोखबहादुर महरा नियुक्त भएका छन ।
नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्यसमेत रहेएका महरा दाहाल प्रधानमन्त्री हुनुअघि पनि दाहालको स्वकीय सचिवका रुपमा कार्यरत थिए ।
यसैगरी स्वकीय सचिवमा प्रधानमन्त्रीपुत्र प्रकाश दाहाल र अखिल (क्रान्तिकारीं) का पूर्व अध्यक्ष रमेश मल्ल नियुक्त भएको सचिवालयका सदस्य पूर्ण कार्कीले जानकारी दिए ।
प्रधानमन्त्रीको सचिवालयमा कार्कीसहित फोटो पत्रकार दिनेश श्रेष्ठ र मनोहर शर्मासमेत नियुक्त भएका छन् ।