बाली जोगाउन खोज्दा करेन्ट लागेर मृत्यु
पश्चिम चितवनका एकजना किसानको बाली जोगाउन खोज्दा करेन्ट लागेर मृत्यु भएको छ ।
नारायणी नगरपालिका–१२ जगतपुरमा तारबार लगाउन खोज्दा करेन्ट लागेर २८ असोज बिहान ५५ वर्षीय अर्जुन खतिवडाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बिहान करिब २ बजे भएको घटनामा गम्भीर भएका खतिवडाको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
चितवन निकुञ्ज र मध्यवर्ती क्षेत्र आसपासमा वन्यजन्तुले बालीनाली नष्ट गर्ने भएकोले स्थानीयवासीले बाली र घर संरक्षणका लागि तार लगाएर करेन्ट प्रवाह गर्दै आएका छन् । रासस