सिंगापुरमा ट्रम्प–किम वार्ता सम्पन्न
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोंग उनका बीच सिंगापुरमा वार्ता सम्पन्न भएको छ ।
सिंगापुरको सेन्टोसा द्विपमा रहेको क्यापेला होटलमा दुवै नेताबीच ३८ मिनेटसम्म कुराकानी भएको ह्वाइटहाउसले जनाएको छ ।
भेटपछि बाहिर निस्किएका किमलाई पत्रकारहरुले उनी परमाणु निरस्त्रीकरणका लागि तयार छन त ? भनी सोधेका थिए । तर, उत्तरकोरियाली नेताले यि प्रश्नहरुलाई बेवास्ता गरिदिए ।
उनले भने, “यहाँसम्म आइपुग्न सहज थिएन, हाम्रो इतिहास... हाम्रा पूर्वाग्रहहरुले अगाडि बढ्न रोकिरहेका थिए, तर हामी आइपुग्यौं ।”
अमेरिकी राष्ट्रपति ट्रम्पले भने छलफल राम्रो भएको बताएका छन् ।
दुई नेताबीचको एक्लाएक्लै वार्तापछि दुईपक्षका सल्लाहकार र सहयोगी दलका साथ वार्ता हुँदैछ ।
-एजेन्सी