कला/साहित्यसोमवार, जेठ २८, २०७५

रौनियारले जिते अन्तर्राष्ट्रिय फोटो प्रतियोगितमा तेस्रो पुरस्कार

हिमालखबर

यूरोपियन कमिसन अन्तर्गतको अन्तर्राष्ट्रिय साझेदारी र विकास निर्देशनालयले आयोजना गरेको फोटो प्रतियोगितमा नेपालका ईश्वर रौनियारले तेस्रो पुरस्कार प्राप्त गरेका छन् ।

‘दीर्घकालिन ऊर्जामा महिला सशक्तिकरण’ बिषयक प्रतियोगितमा पेरू र फ्रान्सका सहभागीले क्रमशः प्रथम र दोस्रो पुरस्कार प्राप्त गरेका छन् । आयोजकले बेल्जियमको बुरुसेल्समा आयोजित समारोहकाबीच पुरस्कार हस्तान्तरण गरेको छ ।

रौनियारको तस्वीरमा नेपालको ग्रामीण भेगका महिलाले सुधारिएको चुल्होमा खाना पकाउँदा स्वास्थ्यमा देखिएको सुधार र समयको बचत देखाइएको थियो ।

प्रतियोगितमा ७० देशका ९९ फोटो प्रतिस्पर्धामा थिए । जसमध्ये अनलाइन भोटिङको माध्यमबाट उत्कृष्ट ३० फोटो छानिएको थियो । जसबाट अन्तर्राष्ट्रिय साझेदार र विकास सम्बन्धी निर्देशनालयका प्रतिनिधि र फोटोग्राफरले उत्कृष्ट तीनको मुल्याङ्कन गरेका थिए ।

 

प्रतिकृया दिनुहोस