आपराधिक गतिविधिमा संलग्न अशोक लामामाथि प्रहरीद्वारा गोली प्रहार
प्रहरीले विभिन्न आपराधिक क्रियाकलामा संलग्न अशोक लामालाई ललितपुरको यूएन पार्कमा गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।
लामाले पछिल्लो समय व्यापारी र ठेकेदारलाई धम्काउँदै रकम असुली गरेको भन्ने उजुरी परेको थियो ।
प्रहरीको फरार सूचिमा रहेका उनलाई पक्राउ गर्न खटिएको प्रहरी टोली देखेपछि भाग्न थालेका लामालाई खुट्टामा गोली हानी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
गोली लागेका लामालाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।