ट्रम्पसँग वार्ता गर्न सिंगापुर पुगे किम, ट्रम्प आउँदै
उत्तर कोरियाली नेता किम जोङ उन सिंगापुर पुगेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुन लागेको शिखर वार्ताको लागि किम सिंगापुर पुगेका हुन् ।
एअर चाइनाकाे विमानबाट चाङगी विमानस्थलमा ओर्लिएका किमलाई सिंगापुरका विदेशमन्त्री भिभियन बालाकृणनले स्वागत गरेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्प क्यानडामा भएको जि सेभेन बैठकमा सहभागी भएर सिंगापुरका लागि प्रस्थान गरेका छन् ।
बीबीसीका अनुसार ट्रम्प निर्धारित समयभन्दा एक दिन अघि सिंगापुर आउन लागेका छन् । उनी सोमबार, २८ जेठमा मात्र सिंगापुर पुग्ने कार्यक्रम रहेको थियो ।
दुई नेताबीचको वार्ता मंगलबार, २९ जेठमा सेन्तासा आइल्याण्डमा रहेको होटल क्यापेलामा हुनेछ ।
बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीचको यो पहिलो भेट हो ।
यसलाई अन्तर्राष्ट्रिय सञ्चार माध्यमले ‘ऐतिहासिक वार्ता’ भनेर अथ्र्याएका छन् ।