आईएमईको व्यावसायीक यात्रा समावेश गरिएको पुस्तक विमोचन
आईएमई डिजिटल सोलुसन लिमिटेड र यूएनसीडीएफको संयुक्त पहलमा प्रकाशित आईएमईको व्यावसायीक यात्रा समावेश गरिएको पुस्तक र भिडियो विमोचन गरिएको छ ।
नेपाल राष्ट्र ब्यांंकका गभर्नर डा. चिरन्जीवी नेपाल, बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झा, यूएनसीडीएफमा क्षेत्रीय प्राविधिक विज्ञ जसप्रीत सिंह, आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रवन्ध निर्देशक हेमराज ढकालले पुस्तक र भिडियोको संयुक्त रुपमा विमोचन गरेका हुन् ।
कूल ४८ पृष्ठको पुस्तक र ६ मिनेट लामो भिडियोमा आईएमईको १६ वर्षसम्मको व्यवसायीक यात्रा समावेश गरिएको छ ।
विमोचन कार्यक्रममा बोल्दै आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल राष्ट्र ब्यांकले दुई दशक अघि नीजि क्षेत्रलाई विश्वासमा लिएर रेमिट्यान्स कारोबार गर्ने निर्णय गरेकाले आज मुलुकमा झण्डै ८० प्रतिशत रकम औपचारिक सञ्जालबाट ल्याउन सम्भव भएको बताए ।
उक्त पुस्तक विभिन्न सरोकारवाला र नियमन निकायमा निःशुल्क वितरण गरिनेछ भने भिडियो यूएनसीडीएफ र आईएमईको आधिकारिक यूट्यूब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।