जुम्लामा तारा एअरको विमान अवतरणका क्रममा सामान्य दुर्घटना
नेपालगञ्जबाट जुम्ला पुगेको तारा एअरको विमान अवतरणका क्रममा सामान्य दुर्घटनामा परेको छ ।
अवतरणका क्रममा टायर पञ्चर भएपछि विमान रनवेबाट चिप्लिएर विमानस्थल सुरक्षाका लागि लगाइएको तारजालीमा ठोक्किएको हो ।
दुर्घटनामा कुनै मानविय क्षति भएको छैन । विमानमा १८ यात्रु र चालक दलका तीनजना सवार थिए ।