नेपाल एक विकेटले पराजित
नेपाली राष्ट्रिय महिला क्रिकेट टिम आईसीसी महिला विश्वकप २०१७ को एसियाली छनोटमा थाईल्याण्डसँग एक विकेटले पराजित भएको छ । २८ असोज विहान हङकङ क्रिकेट क्लबमा टीम नेपालले दिएको १०९ रनको लक्ष्य थाईल्याण्डले ९ विकेटको क्षतिमा १८.४ ओभरमा पुरा गरेको हो ।
यसअघि दुई हार दुई जित निकालेको टीम नेपाल यो हारसँगै आईसीसी महिला विश्वकप २०१७ विश्वव्यापी छनोटमा नपर्ने भएको छ । २९ असोजमा चीनसँग अन्तिम खेल खेल्न बाँकी रहँदा नेपालले चार अंक जोड्न सक्यो । थाईल्याण्ड आठ अंक सहित शीर्षस्थानमा यथावत छ ।