कला/साहित्यबिहिवार, जेठ २४, २०७५

सुकर्म संगीत समूह युरोपमा

हिमालखबर

सुकर्म संगीत समूह सांगीतिक यात्रा लिएर युरोप यात्रामा निस्किएको छ ।

पुराना र आधुनिक नेपाली संगीतको समिश्रण बोकेर युरोप यात्रामा निस्केको समूह जुन महीनाभर युरोपमै रहनेछ ।

यो समूहले जुनको २ र ३ तारिखमा फ्रान्सको राजधानी पेरिसमा आयोजित नेपाल फेस्टिभलमा प्रस्तुति दिइसकेको छ । अब जर्मनीका विभिन्न शहर हुँदै समूह स्वीटजरल्याण्ड पुग्नेछ ।

सुकर्म संगीत समूहका सितारबाधक ध्रुबेशचन्द्र रेग्मीले जर्मनीका विभिन्न १४ वटा कन्सर्टमा भाग लिने जानकारी गराए ।

 

प्रतिकृया दिनुहोस